
एजेन्सी । भारतीय टिभी पत्रकार रोहित सरदानाको कोभिड–१९ को सङ्क्रमणबाट निधन भएको छ ।
पत्रकार सरदानालाई अप्रिल २४ मा सङ्क्रमण पुष्टि भएको थियो । उनले दिल्लीस्थित नोयडाको मेट्रो अस्पतालमा मृत्यु भएको आजतकले समाचारमा उल्लेख गरेको छ ।.
जी–न्यूजमा प्रसारण हुने ‘ताल ठोक के’ कार्यक्रमबाट उनी निकै चर्चित थिए । उनले सन् २०१७ मा जी–न्यूज छाडेर आजतकमा गएका थिए ।
आजतकमा उनले ‘दंगल’ नामक टेलिभिजन कार्यक्रम सञ्चालन गर्दै आइरहेका थिए । उनको निधनमा राजनीतिज्ञ र सेलिब्रेटीहरूले शोक व्यक्त गरेका छन् ।
बिहीबारसम्ममा भारतमा पछिल्लो २८ दिनमा कोरोनाका कारण ५२ जना र पछिल्लो एक वर्षमा कोभिड-१९ का कारण १ सय १ जना पत्रकारको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्