
काठमाडौं । निषेधाज्ञामा सेवा दिन सांग्रीला डेभलपमेन्ट बैंकले विभिन्न क्षेत्रका लागि सम्पर्क व्यक्ति तोकेको छ ।
निषेधाज्ञा अवधिमा आधारभूत बैंकिङ सेवा लिन कठिनाइ भएमा सहजीकरणका लागि काठमाडौं उपत्यकाका विभिन्न शाखामा समन्वयकर्ताहरू तोकिएको हो ।
काठमाण्डौ उपत्यकाका लागि १९ जना सम्पर्क व्यक्ति तोक्दा प्रदेश १, प्रदेश २ र चितवको भरतपुर क्षेत्रका लागि २ जना तोकिएको छ । यस्तै मकवानपुर, बुटवल, दाङ, बागलुङ, कर्णाली प्रदेशका लागि एक–एक जना सम्पर्क व्यक्ति तोकिएको छ ।
त्यसैगरी नेपालगञ्जमा ३ तथा गोरखा, सुदुरपश्चिम प्रदेश र पोखराका लागि २ जना सम्पर्क व्यक्ति तोकिएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्