१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इन्डोनेशियामा बाढीपहिरो : तीन जनाको मृत्यु, ९ जना बेपत्ता


0
Shares

एजेन्सी । इन्डोनेशियामा भारी वर्षापछि आएको बाढी पहिरोमा ३ जनाको मृत्यु भएको छ । ९ जना हराइरहेका छन् ।

इन्डोनेशियाको सुमात्रा टापु नजिक गएको पहिरोका कारण दर्जनौं घर पुरिएका छन् । पहिरोमा हराइरहेकाहरूको खोजी जारी छ । बाढी प्रभावितहरूलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

बाढीले नदी कटान गरी बस्तीमा प्रवेश गर्दा सयौं घरपरिवार विस्थापित भएका छन् । भारी वर्षा जारी रहेकाले थप क्षति हुन सक्ने भन्दै सर्वसाधारणलाई सचेत रहन सरकारले आग्रह गरेको छ ।

इन्डोनेशियामा यही महिनाको शुरुमा बाढी पहिरोमा परी २ सय बढीको मृत्यु भएको भइसकेको छ ।