
कैलाली । सुदूरपश्चिम प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता डा. रण बहादुर रावलले सुदूरपश्चिम सरकार कोरानाको नाममा भ्रष्टाचारमा लिप्त भएकाे आरोप लगाउनुभएको छ ।
शुक्रबार कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै रावलले सरकारले नागरिकको जीवन रक्षा भन्दा सत्ता जोगाउन लागिपरेको आरोप लगाउनुभयो ।
उहाँले कोरोना संक्रमण फैलिएको एक वर्ष बित्दा पनि कोरोना अस्पतालहरू स्थापना, शय्याको संख्या वृद्धि, चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी थप्न सरकार उदासिन भएको आरोप लगाउनुभयो ।
डा. रावलले सुदूरपश्चिमका अस्पतालहरूमा प्रदेश सरकारले भेन्टिलेटर र आईसीयू उपलब्ध गराएको भनिएपनि उपकरण बन्द कोठा र गोदाममा थन्किएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्