
काठमाडौं । चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर करिब ४ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले चालू आर्थिक वर्ष २०७७÷७८ मा कुल ग्राहस्थ उत्पादनको वृद्धिदर ३ दशमलब ९८ प्रतिशत हुने प्रक्षेपण गरेको हो ।
चालू आर्थिक वर्षको ९ महिनाससम्मको तथ्याङ्कलाई आधार मानी विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कमा यस्तो प्रक्षेपण गरेको हो । गत वर्षको यहि अवधिमा नेपालको वृद्धिदर २ दशमलव १२ प्रतिशतले घट्ने प्रक्षेपण गरिएको थियो । अघिल्लो आर्थिक वर्ष भने ६ दशमलब ३९ प्रतिशत रहेको थियो । यस अवधिमा नेपालको कुल गार्हस्थ्य उत्पादन ३७ खर्ब ३३ अर्ब २७ करोड बराबर पुगेको जनाइएको छ ।
विभागका अनुसार चालू आर्थिक वर्ष कुल ग्राहस्थ उत्पादनमा कृषि, वन र मत्स्य क्षेत्रको योगदान २६ दशमलव ४ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । यसैगरी द्वितिय क्षेत्रमा क्षेत्रमा पर्ने उद्योग र विद्युत तथा ग्यास, पानीको आपूर्ति तथा निर्माण क्षेत्रको योगदान १२ दशमलव ५ प्रतिशत हुने विभागको प्रारम्भिक अनुमान छ । उद्योगको योगदान जम्मा ५ प्रतिशत रहेको छ ।
चालू आर्थिक वर्षको कुल ग्राहस्थ उत्पादनमा ६१ दशमलव १ प्रतिशत हिस्सा सेवा क्षेत्रले ओगट्ने प्रक्षेपण गरिएको छ । विभागले अहिलेसम्मको स्थितिमा कोरोना महामारीले मुलुकको अर्थतन्त्रमा धेरै प्रभावित नगर्ने पनि विभागको दाबी छ ।
२ हप्तामा अर्थतन्त्रका धेरै क्षेत्र नियमित रूपमा सञ्चालनमा आउने विश्वास गरेको विभागले होटल तथा रेष्टूराँका सेवा नियमित सञ्चालमा आउन भने केही समय लाग्ने अनुमान गरेको छ । यस अवधिमा प्रतिव्यक्ति कूल ग्राहस्थ उत्पादन ११ सय ९१ पुगको विभागले जनाएको छ ।
यसैगरी, प्रतिव्यक्ति कूल राष्ट्रिय आम्दानी १४ सय २२ बाट बढेर १४ सय ८६ डलर पुगेको पनि जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्