१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


पन्जावद्धारा बैंग्लोर ३४ रनले पराजित


0
Shares

एजेन्सी । इण्डीयन प्रिमियर लिग आइपिएल क्रिकेटमा गएराति पन्जाव किंग्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ३४ रनले हराएको छ । अहमदावादमा भएको खेलमा टस हारेर पहिले व्याटिङ गरेको पन्जावले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७९ रन बनायो ।

उसका लागि कप्तान के.एल राहुलले ९१ रन जोड्दा क्रिश गेलले ४६ रनको योगदान दिए । जवाफमा १ सय ८० रनको लक्ष्य पछ्याएको बैंग्लोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन मात्रै बनाउन सक्यो । बैंग्लोरका लागि विराट कोहलीले ३५ रन बनाए ।

बैंग्लोरलाई सस्तैमा समेट्न पन्जावका हरप्रित ब्रारले ३ विकेट लिए । हारसँगै बैंग्लोरले शिर्ष स्थानमा उक्लने अवसर खेल फालेको छ । ७ खेलबाट १० अंक जोडेको बैंग्लोर तालिकाको तेस्रो स्थानमा रहेको छ ।

समान खेलबाट १० अंक नैं जोडेको दिल्ली क्यापिटल्स दोस्रो स्थानमा छ भने शिर्ष स्थानको चेन्नाई सुपर किंग्सले ६ खेलबाट १० अंक जोडेको छ । आईपिएल क्रिकेटमा आज बेलुकी शिर्ष स्थानको चेन्नाईले चौथो स्थानको मुम्बई इण्डीयन्ससँग खेल्नेछ ।