
एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले लेष्टर सिटीलाई १–१ गोलको बराबरीमा रोकेको छ ।
गएराति साउथह्याम्पटनको मैदानमा भएको खेलमा घरेलु टोलीका लागि जेम्स वार्ड प्रौजले पहीलो गोल गरे ।
तर लेष्टरका जोनी इभान्सले एक गोल फर्काएपछि खेल बराबरीमा टुंगिएको हो । यसअघि खेलको १० औं मिनेटमै डिफेन्डर यानिक भेष्टेरगार्डले रातो कार्ड खाएपछि साउथह्याम्पटन १० जनामा समेटिएको थियो ।
यो बराबरीसँगै प्रिमियर लिगको शीर्ष चारको होडमा रहेको लेष्टरलाई धक्का लागेको छ । ३४ खेलबाट ६३ अंक जोडेको लेष्टर सिटी तालिकाको तेस्रो स्थानमा रहेको छ ।
एक खेल कम खेलेको चेल्सी ५८ अंकसहित चौथो स्थानमा छ । शिर्ष स्थानको म्यान्चेस्टर सिटीको ७७ अंक छ भने ६७ अंकका साथ म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्