१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अक्सिजनसहितको आइसोलेसन निर्माण नभए चितवनमा काेराेना नियन्त्रण बाहिर जाने (भिडियाे सहित)


0
Shares

डोलराज रानाभाट

चितवन । पहिलो चरणको कोभिड १९ संक्रमण नियन्त्रणमा सक्रिय रहेका चितवनका स्थानीय तह अहिले सूस्त गतिमा तयारी गरिरहेका छन् । स्थानीय तहको तयारी सुस्त रहदा कोरोना संक्रमण फैलने दर भने तिव्र वनेको छ । पछिल्लो समय ७ सय वढि सक्रिय संक्रमित रहेको जिल्लामा गम्भीर प्रकृतिका कोरोना संक्रमित थपिदै त गएका छन नै संकलित स्वावको ४८ प्रतिशत सम्म पोजेटिभ विरामी भेटिएकाे भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालाका प्रमुख मणिराम महतोले बताउनुभयाे ।

अव छिट्टै अक्सिजन सिलिण्डर जडान सहितको आइसोलेसन निर्माण नभए चितवनमा अवस्था नियन्त्रण बाहिर जाने आकलन गरिएको छ ।’ किनकी अस्पताल जाने सवैमा अनिवार्य अक्सीजन जोड्नुपर्ने अवस्था आएको छ । भरतपुर अस्पतालका कोभिड फोकल पर्सन डा प्रमोद पौडेल । त्यसो त सामन्य नभई हाइ मात्रामा अक्सीजन दिने प्रविधि जडान गर्दा पनि विरामीमा अक्सीजनको मात्रा वढ्न सकेको छैन । पहिलो भन्दा दोस्रो लहरको भाइरस वढि खतरानाक रहेको डा पौडेले बताउनुहुन्छ ।

कोभिड १९ ले अवस्था विग्रदै जाँदा पनि उपचारका लागि भतरपुर अस्पतालमा मात्रै निर्भर रहेको पाइन्छ । एकातिर जनशक्तिको अभाव अर्कोतर्फ वेड भरिदै जाने समस्याले उपचारमै कठिन हुने अवस्था आउदै गर्दा पनि हालसम्म कुनै पनि स्थानीय तहले आइसोलेसन तयार पारेका छैनन् ।

स्थानीय तहहरुले अक्सिजन सिलिण्डर जडीत वेड सहितको आइसोलेसन तत्काल बनाउनुपर्ने सुझाव डा पौडेलको छ । बाइट
केन्द्रीय मातहतको भरतपुर अस्पतालले पनि कोरोना संक्रमितको उपचारका लागि क्षमता बढाएको छ । छिट्टै पशुपक्षि अन्वेषण केन्द्रमा रहेको कोरोना परीक्षण ल्याव अस्पतालमै स्थापना गर्ने र ढिलोमा एक महिना भित्र संचालन गर्ने अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेन डा जगन्नाथ तिवारीले बताउनुभयो ।

कोभिड १९ को संक्रमण फैलने दर तिव्र र अवस्था गम्भिर हुँदापनि स्थानीयमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ भन्ने चेत अझै आएको छैन । अस्पतालको वेडमा रहेका विरामीहरु कति त मुखमा अक्सिजन लगाउँदा लगाउदै परान गइरहेको थियो भने कति सास फेर्न कठिन भइरहेको अवस्थामा थिए । अस्पताल पुग्दैमा संक्रमित जटिल अवस्थामा पुगिसकेको चिकित्सकहरु बताउँछन् ।

जिल्लामा १५ दिनको निषेधज्ञा जारी गरेर फैलदो संक्रमणको चेन व्रेक गर्न प्रयासरत रहेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो । तर निषेधाज्ञा जारी हुँदा पनि विहेको कार्यक्रमहरु जरी थिए भने वहाना वनाउदै हिँडडुल गर्नेहरुपनि त्यतिनै सडकमा देखिन्थे । यो पटकको महामारी नियन्त्रणका लागि सरकार र सरोकारवालाहरु मात्रै नभई स्वयम नागरिक पनि जिम्मेवार नवन्ने हो भने भारतमा देखिएको दुरदसा यहाँ पनि नदेखिने ठोकुवा गर्न सकिदैन ।