१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कोरोना संक्रमितलाई बेड छैन भन्नु लज्जास्पद भएको कांग्रेसको टिप्पणी, युद्धस्तरमा काम गर्न सरकारसँग अपिल


0
Shares

काठमाडौं । कोरोना संक्रमित विरामीका लागि अस्पतालमा बेड छैन भन्ने सरकारको अभिव्यक्तीलाई नेपाली कांंग्रेसले आलोचना गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक प्रेस विज्ञप्ति जारी गर्दै संकटको बेलामा सरकारले लाचारी देखाउनु लज्जास्पद भएको टिप्पणी गर्नुभयो ।

अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भइ सकेको सार्वजनिक वक्तव्यले सरकारको लाचारी मात्रै होइन गैह्र जिम्मेवार प्रवृत्ति पनि पुष्टि गरेको कांग्रेसको आरोप छ ।

कांग्रेसले यस्तो निरीहता र अयोग्यताले वर्तमान संकट पार नलाग्ने जनाएको छ । लाचार अभिव्यक्ति बन्द गरेर युद्धस्तरमा काम गर्न र कोरोनाविरुद्धको संघर्षमा राज्यको क्षमता बिस्तार गर्न कांग्रेसले सरकारसँग अपील गरेको छ ।