
मानबहादुर वली
सुर्खेत । शहरी तथा सुुगम क्षेत्रमा वैकल्पिक माध्यमका रुपमा अनलाइन कक्षा सञ्चालन भएपनि ग्रामिण क्षेत्रका विद्यार्थीका लागि प्रविधिको पहुँच नहुँदा सिकाइबाट विमुुख हुनुुपर्ने अवस्था आएको छ । तर चिंगाड गाउँपालिका ५ अवलचिंडको भैरव माविमा कक्षा १० मा पढ्ने इन्द्रबहादुर राना भने स्वअध्ययन गर्ने गरेका छन् । घरमा नै पढ्ने बानीले सिकाइ निरन्तरता हुुने भन्दै उनी नजानेको कुरा शिक्षकलाई फोनमा तथा भेटेरै पनि सोध्ने गरेका छन् । पहिलो लकडाउनमा विद्यालयमा पढ्न नपाएका उनी रेडियोबाट आउने कक्षा तथा स्वअध्ययन गर्ने गरेको बताउछन् ।
कोरोना महामारीको चुनौतीका बीच बालबालिकाको सिकाइको अवसर नगुमोस भनी अभिभावकले पनि घरमै पढ्ने वातावरण मिलाइ दिएका छन् । मोवाइल, ल्यापटप तथा इन्टरनेटको पहँुच बाहिर रहेका विद्यार्थीका लागि भने बालबालिकाको सिकाइलाई निरन्तरता दिन विद्यालय बाहिर रहँदा उनीहरूले सहयोग पाएको महसुस गराउन तथा उनीहरूको दिनचर्यामा सामान्यताको भावना स्थापित गराउन छिटपुट रुपमा बालबालिका विद्यालयमा शिक्षकलाई भेट्ने गर्दछन् । ग्रामिण क्षेत्रको सिकाइका लागि रेडियो कार्यक्रम र शिक्षक विद्यार्थी भेटघाट नै भएको छ ।
यता विद्यालयले पनि सिकाइ निरन्तरता दिनका लागि निशेधाज्ञाको अवधि र कोभिड महामारीको अवस्था हेरी अघिल्लो बर्ष अपनाएका रणनीति अपनाउने तयारी समेत गरेको छ । बाईट सुकदेव उपाध्याय, शिक्षक, भैरवमावी अवलचिंग सुर्खेत । शिक्षाको पहुँचमा सुधार ल्याउने कुरालाई केन्द्रविन्दुमा राखी वैकल्पिक शिक्षा संयन्त्र स्थापना गर्न र सिकाइ निरन्तरतामा स्थानीय सरकारहरूले अग्रणी भूमिका लिन सक्ने क्षमता विकासका लागि समेत प्रयास भएका छन् ।
कोरोना भाइरस महामारी जस्तो चुनौतीपूर्ण समयमा सिकाइको अवसर गुम्दा पुग्नसक्ने हानीलाई कम गर्न, विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्य योजना बनाउन तथा , बालबालिकाई पढ्ने अवसरबाट बञ्चित नगराउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले युनिसेफ नेपाल, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ, नेपाल शिक्षक महासंघ र नेपाल शिक्षा समूहसँगको सहकार्यमा सिकाइ निरन्तरता अभियान कार्यक्रमले टेलिफोन र एसएमएस जस्ता कम प्रविधि प्रयोग गरी बालबालिकाई सिकाइ निरन्तरतामा सहयोग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्