१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाइडेन प्रशासनले शत्रुतापूर्ण व्यवहार गर्न खोज्योः उत्तर कोरिया


0
Shares

एजेन्सी । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रममा कुनै हेरफेर नगर्ने स्पष्ट पारेको छ ।

उत्तर कोरियाले आफ्ना आणविक कार्यक्रमका लागि थप रणनीतिहरू अघि बढाउने तयारी गरेको रोयटर्सले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले हालै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उत्तर कोरियाको परराष्ट्र मन्त्रालयले बाइडेन प्रशासनले आफूसँग शत्रुतापूर्ण व्यवहार गर्न खोजेको टिप्पणी गरेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता जेन शासाकीले आफूहरुका आणविक कार्यक्रमबारे निर्णय लिनुअघि विगतका प्रशासनका गतिविधिहरू अध्ययन गर्न अमेरिकालाई सुझाव दिनुभएको छ ।

उहाँले आफूहरू कुटनीतिक सम्बन्ध बिस्तारका लागि सधैं खुला रहेकाले सोही अुनरूप व्यवहार गर्न पनि प्योङयाङले ह्वाइटहाउसलाई सुझाव दिएको छ ।

अमेरिकाले सुरक्षा समीक्षाका लागि जापान र दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठक गर्न लागेको भन्दै उत्तरले आफूविरुद्ध हुने मोर्चाबन्दीको पक्षमा नरहेको स्पष्ट पारेको छ ।

उत्तरले आफूविरुद्ध हुने मोर्चाबन्दीले आणविक कार्यक्रमलाई थप सशक्त र निरन्तरता दिन सहयोग पुग्ने पनि चेतावनी दिएको छ ।