
काठमाडौं । लोकदोहोरी गायक राजु ढकाललाई दोस्रोपटक कोरोना संक्रमण भएको छ । आइतबार गायक ढकालले सामाजिक सञ्जालमार्फत आफूलाई दोस्रोपटक कोरोना संक्रमण भएको जानकारी दिनु भएकाे हाे ।
लगातार ज्वरो आएर टाउको र जिउ दुखेपछि शनिबार पीसीआर परीक्षण गर्दा उहाँमा कोरोना संक्रमण देखिएको हो । उहाँलाई गतवर्ष पनि कोरोना संक्रमण भएको थियो । उहाँले कोरोनाविरुद्धको खोप लगाउनुभएको थिएन ।
ढकालले १५ गतेसम्म आफूसँग नजिक हुनेहरूलाई सजगता अपनाइ परीक्षण गराउन आग्रह गर्नुभएको छ । यस्तै उहाँले अहिले कोरोना संक्रमण हुँदा पहिलाको भन्दा गाह्रो महसुस भएको उल्लेख गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्