
काठमाडौं । गत वर्ष कोरोनाका कारण जारी भएको लकडाउनका कारण विद्युत् खपत करिब आधा घटेको थियो ।
गत वर्ष पनि दिउँसो र साँझ–बिहानको समयमा उत्पादित विद्युत् सबै खपत भए पनि रातको समयमा भने बिजुलीको प्रयोग गर्न पाएको थिएन ।
यस वर्षपनि काठमाडौं उपत्यकासहित देशका मुख्य मुख्य सहरी जिल्लामा फेरि निषेधाज्ञा सुरु भएको छ ।
यो सँगै रातको समयमा उत्पादन भएको विद्युत् खपत कम हुन थालेको विद्युत् प्राधिकरणले जनाएको छ ।
गत वर्ष भने विद्युत् खपत घटेर एक समय एक करोड ८० लाख युनिटसम्म सीमित भएको थियो ।
त्यतिबेला सामान्यतया दुई करोड ४० लाख देखि ५० लाख युनिटसम्म मात्रै विद्युत् माग हुने गरेको थियो ।
अहिले देशका २९ जिल्लामा निषेधाज्ञा छ । गत वर्ष भने ७७ वटै जिल्लामा एकै पटक लकडाउनको घोषणा भएपछि विद्युत्को माग आधामा सीमित भएको थियो ।
यस वर्ष पनि औद्योगिक क्षेत्र रहेका सबै जिल्लामा निषेधाज्ञा लगाउने वित्तिकै विद्युत् खपत दुई करोड युनिटकै आसपासमा आउन सक्ने प्राधिकरणको अनुमान छ ।
अहिले नेपालले भारतबाट अधिकतम एक करोड ८३ लाख युनिटसम्म विद्युत् उर्जा आयात गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्