
स्याङ्जा । जिल्लका तीन स्थानीय तहले निषेधाज्ञाको घोषणा गरेका छन् ।
वालिङ नगरपालिका, गल्याङ नगरपालिका र चापाकोट नगरपालिकाले कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि निषेधाज्ञा घोषणा गरेका हुन् ।
स्थानीय तहका प्रमुखहरुले सूचना जारी गर्दै कोरोना भाइरसको दोस्रो लहरसँगै नगरक्षेत्रमा संक्रमण तीव्र रुपमा फैलिन सक्ने भएकोले बच्न उच्च सतर्कता अपनाउन आग्रह समेत गरेका छन् ।
वालिङ नगरपालिकाकाले शनिबार राति १२ बजे देखि २५गते राति १२ बजे सम्म जनस्वास्थ्य विपद घोषणा गरेको छ ।
यस अवधिमा नगरभित्रका सम्पूर्ण कार्यालय, संघसस्था, विद्यालयहरु र होटलहरु बन्द रहने उल्लेख गरिएको छ ।
यसै गरी चापाकोट नगरपालिकाले शुक्रबार देखि अर्को सूचना जारी नभए सम्मको लागि अत्यावश्क बाहेका सबै सेवा बन्द गरेको जनाएको छ ।
यता, गल्याङ नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै आज देखि २५ गते सम्मको लागि नगर क्षेत्र भित्र निषेधाज्ञा जारी गरेको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्