१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतको पश्चिम बंगालमा कोरोना कहरकाबीच मतगणना सुरु


0
Shares

एजेन्सी । भारतमा हालै सम्पन्न चार राज्य र एक केन्द्र शासित प्रदेशको निर्वाचनको मत गणना सुरू भएको छ ।

कुल ८ सय २२ विधान सभा सिटका लागि भएको निर्वाचनको मतगणना आज बिहान थालिएको हो ।

कोरोनाले भयावह रूप लिएकाले मत गणना रोक्नु पर्ने भन्दै आलोचना भइरहँदा पनि निर्वाचन आयोगले मतगणना थालेको हो ।

पश्चिम बंगालमा ८ चरणमा २७ मार्चदेखि २९ अप्रिलसम्म निर्वाचन भएको थियो ।

जसमा सत्ताधारी तृणमुल कांग्रेस र बिजेपीले आक्रमक प्रचार गरेका थिए । ममता बनर्जीले तेस्रो पटक सत्तामा पुग्न र उनलाई रोक्न बिजेपी आक्रमक रूपमा उत्रेको थियो ।

२९ अप्रिलमा पश्चिम बंगालमा मतदान सम्पन भएपछि जारी एग्जिट पोलमा बनर्जी नै मुख्यमन्त्री हुने देखिएको थियो ।

तर दुई पार्टीबीच थोरै मतान्तर हुने देखिएको छ । एग्जिट पोलका अनुसार बाम–कांग्रेस गठवन्धन तेस्रो नम्वरमा आउने उल्लेख छ ।