१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


रानीमहल स्थानीय सरकारलाई हस्तान्तरण गरियो


0
Shares

काठमाडौं  । सरकारले पाल्पास्थित ऐतिहासिक तथा प्रणय महत्वको रानीमहललाई स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ ।

पर्यटन मन्त्रालयको समन्वयमा पुरातत्व विभागले आज रानी महल तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

पर्यटन मन्त्रालयमा आयोजित कार्यक्रममा पुरातत्व विभागमा महानिर्देशक भेषनारायण दाहालले तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीलाई हस्तान्तरण गरेका हुन ।

१० वर्षे सम्झौता अनुसार अब तानसेन नगरपालिकाले रानीमहलको व्यवस्थापन, सञ्चालन र मर्मत सम्भार गर्ने छ ।

रानी महल र त्यसले चर्चेका क्षेत्रमा तेस्रो पक्षलाई भोगाधिकार दिन वा भाडामा लगाउन नपाउने व्यवस्था गरिएको छ ।

बिक्रम संवत् १९५४ सालमा तानसेनका वडाहाकिम खड्गशमशेर राणाले रानी तेजकुमारी राणाको सम्झनामा रानीमहल निर्माण गराएका थिए ।

कालीगण्डीको किनारमा निर्माण गरिएको रानीमहललाई नेपालको ताज महलको रुपमा चिन्ने गरिन्छ ।