१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


११ वर्षपछि इन्टर मिलानले जित्यो इटालियन ‘सिरी–ए’ फुटबलको उपाधि


0
Shares

एजेन्सी । यस वर्षको इटालियन लिग फुटबल ‘सिरी–ए’ को उपाधि इन्टर मिलानले जितेको छ । पछिल्लो पटक सन् २०१० मा सिरी ए जितेको इन्टरले ११ वर्षपछि पहिलोपटक घरेलु लिगको उपाधि जितेको हो ।

लिग तालिकाको दोस्रो स्थानमा रहेको एटलान्टाले गएराति सासुओलोसँग १–१ गोलको बराबरी खेलेपछि इन्टर मिलानले चार खेल बाँकी हुँदै सिरी ए को उपाधि पक्का गरेको हो ।

शनिबार राति भएको खेलमा क्रोतोनेलाई पराजित गरेको इन्टरले दोस्रो स्थानको एटलान्टासँग १३ अंकको अग्रता कायम गरेको छ । इन्टरको यो उपाधिसँगै पछिल्लो ९ सिजनदेखि लगातार उपाधि जितिरहेको युभेन्टसको उपाधि श्रृंखला पनि टुटेको छ ।

जोजे मौरिन्होको प्रशिक्षणमा इन्टर मिलानले पछिल्लो पटक सन् २०१० मा सिरी ए तथा च्याम्पियन्स लिगको उपाधि जितेको थियो । अहिले एन्टोनियो कोन्तेको प्रशिक्षणमा इन्टर मिलानले उपाधि जितेको हो ।