२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बैतडीमा आजदेखि निषेधाज्ञा लागु


0
Shares

बैतडी । बैतडीमा आजदेखि निषेधाज्ञा लागु गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको भन्दै जिल्लामा निषेधाज्ञा जारी गर्न सिफारिश गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय बैतडीका प्रमुख राजेन्द्रदेव पाण्डेले जेठ २ गतेसम्म निषेधाषाको लागु गरिएको जानकारी दिनुभयो । भारतसंग सीमा जोडिएकाले पनि जिल्लामा संक्रमण तीव्र रुपमा फैलिरहेको छ । बैतडीमा कोरोनाको दोस्रो लहरबाट हालसम्म २ सय १३ जनामा संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।