
कैलाली । सेती प्रादेशिक अस्पतालमा अक्सिजनको अभाब भएपछि ह्युमानिटी फाउण्डेसन नेपालले ९८ थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ ।
फाउण्डेसनका सदस्यहरुको सहयोगमा आज बिहान पहिलो चरणमा ९८ थान सिलिन्डर उपलब्ध गराएको संस्थाका संस्थापक सदस्य दीर्घराज उपाध्यायले बताउनुभयो । उहाँका अनुसार आज नै २२ सिलिण्डर डडेल्धुरा अस्पताललाई पनि उपलब्ध गराउने जनाइएको छ ।
यस्तै, कञ्चनपुरमा रहेको महाकाली अस्पताललाई ८० सिलिण्डर र टिकापुर अस्पताललाई २० सिलिण्डर उपलब्ध गराउने फाउण्डेसनले जनाएको छ । अक्सिजनको अभावमा कोरोनाका विरामीले ज्यान गुमाउनु नपरोस भन्ने उद्धेश्यले सो अभियान सञ्चालन गरिएको बताइएको छ । अक्सिजनको माग बढ्दै गएपछि अस्पतालले एक सय खाली सिलिण्डर उपलब्ध गराउन अपिल गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्