
फाइल फोटो
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवा निवास बढानिलकण्ठमा दिउँसो २ बजे बैठक बस्न लागेको छ ।
बैठकमा राष्ट्रपतिद्वारा बैशाख २७ गते प्रतिनिधिसभाको बैठक आह्वान भएपछिको अबस्थामा विषय र आसन्न १४ औं महाधिवेशनका विषयमा छलफल हुने बताइएको छ ।
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले सदनबाट विश्वासको मत लिने निर्णय गरेपछि आवश्यक रणनीति तय गर्ने सम्भावना छ । कांग्रेस केन्द्रीय समितिले प्रधानमन्त्री ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरिसकेको छ ।
नयाँ सरकार गठनका लागि माओवादी केन्द्रले समर्थन गर्ने निर्णय गरेपनि जसपाको एउटा पक्ष भने ओलीलाई समर्थन गर्ने पक्षमा उभिएको छ ।
प्रतिक्रिया दिनुहोस्