
तनहुँ । तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीमा बिहेभोज खाएर करिब ३५ जना बिरामी परेका छन् ।
स्थानीय शरणहरि पन्थको घरमा बिहेभोज खाएर फर्केका व्यक्तिहरु बिरामी परेका हुन् । बिरामी परेका व्यक्तिमा पखाला, बान्ता र कसैकसैलाई ज्वरो आउनेलगायतका लक्षण देखिएको बताइएको छ ।
शनिबारको भोजमा गएर खाना खाने ८० प्रतिशत मानिस बिरामी परेको छाब्दीस्थित सहारा हेल्थ केयरका स्वास्थ्यकर्मी शैलेन्द्र हड्खलेले जानकारी दिनुभयो ।चार जनाको अबस्था गंभीर छ । बिरामी भएर गम्भीर रहेकाहरुको स्वाब संकलन गरी कोरोना परीक्षण गर्ने तयारी भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्