६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


बाँकेमा पाँच जना कोरोना संक्रमितको मृत्यु


0
Shares

बाँके । बाँकेका अस्पतालमा भर्ना भएका थप पाँच कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुई गरी पाँच जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

योसँगै बाँकेका १ सय ३३ र बाहिरी जिल्लाबाट उपचार गराउन पुगेका १ सय २२ जनाको कोरोनाका काण मृत्यु भएको वलीले जानकारी दिनुभयो ।