
फाइल तस्वीर
बागलुङ । बागलुङमा अहिलेसम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहाँ एकैदिन ७१ जनामा कोरोना पुष्टि भएको हो । यो बागलुङमा एकदिनमा पुष्टि भएको सबैभन्दा ठूलो संख्या हो ।
जिल्लाकै धौलागिरी अस्पतालमा गरिएको परीक्षणमा बागलुङ नगरपालिकाका ५३, ताराखोलाका ८, काठेखोलाका ५, जैमिनीकन २, गलकोट, निसीखोला, बरेङ का १–१ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
७१ जना नयाँ संक्रमित थपिएसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय ९ पुगेको छ । कोरोना संक्रमण बढदै गएपछि बागलुङ नगरपालिकामा मंगलबार बिहानदेखि १० दिनका लागि निषेधाज्ञा जारी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्