
काठमाडौं । आइतबार ५४ अंकले वृद्धि भएर २६ सय ६५ पुगेको नेप्से परिसुचक सोमबार भने १२ अंक भन्दा बढीले घटेर २६ सय ५२ मा झरेको छ ।
कारोबार अवधिको सुरुवातदेखि नै बढेर २६ सय ९२ सम्म पुगेको बजारमा दिउँसो १ बजेपछि उतार चढाव देखिएको थियो भने अन्त्यमा १२ अंकले घटेर रोकियो । यस दिन कारोबार रकम भने साढे सात अर्ब बढी भएको नेप्सेले जनाएको छ ।
सोमबार लघुवित्त समुह ६९ अंकले उकालो लाग्दा लगानी समूह हरियो मात्र रह्यो । अरु सबै समूह ओरालो लागेका छन् । सबैभन्दा बढी जीवनबीमा समूहमा ९१ अंकको गिरावट आउँदा निर्जीवन बीमा समुह ८१ अंकले घट्यो ।
यस्तै विकास बैंक समूहमा ३४, उत्पादन समुहमा ६४, जलविद्युत र अन्य समुहमा ३२ अंकको गिरावट आउँदा व्यापार समूह १५, होटल तथा पर्यटन १२, बैंक समूह १० र वित्त समूहमा ९ अंकले गिरावट आएको छ ।
सोमबार विशाल बजार कम्पनी र नेशस्नल माइक्रोफाइनान्स वित्तिय संस्था तथा महिला लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले दश प्रतिशत कमाउँदा ६३ कम्पनीको शेयर मुल्यमा वृद्धि भएको छ । सोमबार हिमालय उर्जा विकास कम्पनी र हिमालय पावर पाटनरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।
६ कम्पनीको मुल्य भने स्थिर रहेको छ । कारोबारका आधारमा अपि पावर कम्पनी र नेपाल रिइन्स्युरेन्स कम्पनी अग्रस्थानमा रहे । सोमबार २ सय १६ कम्पनीको १ करोड ५९ लाख बढी कित्ता शेयर ७ अर्ब ५२ करोड बढीमा कारोवार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्