१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बंगलादेशमा डुङ्गा दुर्घटना हुँदा २६ जनाको मृत्यु, कैयौं बेपत्ता


0
Shares

एजेन्सी । बंगलादेशको पद्मा नदीमा आज बिहान भएको डुङ्गा दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु भएको छ । दुर्घटनामा कैयौं बेपत्ता भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रहरी अधिकारीका अनुसार उक्त दुर्घटनामा २६ जनाको शव निकालिएको छ र पाँच जनालाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ । अरु बेपत्ता भएको आशंकामा खोजी कार्य तीव्र बनाइएको बताइएको छ ।

स्थानीय सञ्चार माध्यमका अनुसार खचाखच यात्रुले भरिएको डुङ्गा बालुवा ओसार्ने यन्त्रमा ठोक्किएर उक्त दुर्घटना भएको थियो । बंगलादेशमा हरेक वर्ष सयौं व्यक्तिको डुङ्गा दुर्घटनामा मृत्यु हुने गरेको छ ।

गत अप्रिलमा पनि कार्गो जहाज र मानिस ओसार्ने डुङ्गा एकआपसमा ठोक्किदा २७ जनाको मृत्यु भएको थियो । बंगलादेशमा तटीय जलक्षेत्र एवं नदीहरुमा डुङ्गा मार्फत् यात्रा निकै लोकप्रिय यातायातको साधन मानिन्छ ।