
कैलाली । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कैलालीको गेटा मेडिकल कलेजमा आइसोलेशन बनाउन निर्देशन दिनुभएको छ ।
गेटा मेडिकल कलेजको निरीक्षण गर्दै मन्त्री भट्टले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र कैलालीलाई आइसोलेसन सन्चालनमा तीव्रता दिन निर्देशन दिनुभएको हो ।
उहाँले २ हजार शय्याको आइसोलेशन निर्माण गर्ने गरी काम गर्न निर्देशन दिनुभएको छ । पहिलो चरणमा ५ सय शय्या तयार गरी सञ्चालनमा ल्याइने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्