१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतले आइसीयू कक्ष निर्माण र स्वास्थ्य सामग्री उपलब्ध गराउन सेनासँग माग्यो सहयोग


0
Shares

एजेन्सी । कोरोना संक्रमितको चाप बढेसँगै भारतमा उपचारका लागि अक्सिजनको अभाव हुन थालेको छ ।

भारतको नयाँ दिल्लीका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा बिरामीको चापसँगै अक्सिजनको अभाव भएपछि सरकारले भारतीय सेनाको सहयोग मागेको छ ।

दिल्ली आइसियु कक्ष सञ्चालन गर्न र स्वास्थ्य सामग्री उपलब्ध गराउन सेनालाई अपील समेत गरेको छ ।

बिरामीको चाप बढेसँगै बेडको अभावमा खुला स्थानमा बिरामीको उपचार गर्न थालिएको त्यहाँको सरकारले जनाएको छ ।

अक्सिजनको अभावमा बिरामीको मृत्यु हुन थालेको छ । भारतभर दैनिक ३ लाखको हाराहारीमा कोरोना संक्रमितहरु भेटिएका छन् ।

जसमा नयाँ दिल्लीमा दैनिक १० हजारको दरले संक्रमित थपिने क्रम जारी रहेको र एक हजार जना आइसियु र अक्सिजन अभावकै कारण छटपाइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

त्यहाँ दैनिक ४ सय भन्दा बढीको मृत्यु हुन थालेको छ । यसैबीच भारतको कर्नाटक राज्यमा १२ जना कोरोना संक्रमितको अक्सिजन अभावका कारण भएको मृत्युबारे छानबिन हुने भएको छ ।

कर्नाटक सरकारले चामराजनगरमा रहेको एक अस्पतालमा अक्सिजन अभावका कारण १२ जनाको मृत्यु भएकोको छानबिन गर्न आदेश दिइएको हो ।