
चितवन । चितवन प्रहरीले लागु औषधसहित एक जनलाई पक्राउ गरेको छ ।
प्रहरीले राप्ती नगरपालिका –८ विरेन्द्रनगरका ३२ वर्षीय सुजन तामाङलाई पक्राउ गरेको हो ।
लागु औषध खैरो हिरोइनको कारोबार भइरहेको सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो ।
चेकजाँच गर्न खोज्दा भाग्न खोजेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनको साथबाट खैरो हिरोइन र ३२ हजार रुपैयाँ बरामद गरिएको छ ।
तामाङलाई इलाका प्रहरी कार्यालय खैरहनीमा राखी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सरोज गिरीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्