
तस्विर फाइल
काठमाडौं । धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालमा उपचाररत कैलाली, कञ्चनपुर, बझाङ र बर्दियाका एक/एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
यसैगरी भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना सक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिकाका वृद्ध र बाराका पुरुष रहेका छन् ।
अस्पतालका अनुसार माडी नगरपालिका–३ का ६९ वर्षीय वृद्धको उपचारका क्रममा हिजो राति मृत्यु भएको हो ।
यस्तै बाराको सिमरा उपमहानगरपालिका–१ बस्ने ३८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ ।
छातीमा समस्या भई वैशाख १२ गते अस्पतालमा भर्ना भएका उनमा १३ गते कोरोना सक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस्