१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चट्याङ लागेर जनप्रतिनिधिको मृत्यु


0
Shares

बैतडी । चट्याङ लागेर बैतडीमा एक जनप्रतिनिधिको मृत्यु भएको छ । मृत्य हुनेमा पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्दसिंह भण्डारी रहेका छन् ।

भण्डारीको सोमबार राति साढे ८ बजे परेको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख हरिशरण भट्टले जानकारी दिनुभयो ।

घर नजिकै गहुँमकै पिस्ने मिलमा काम गरिरहेका बेला भण्डारीलाई चट्याङ लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दर्शन खड्का नेतृत्वको टाली अहिले घटनास्थल पुगेको छ । मृतक वडा सदस्य राप्रपाबाट स्थानीय तहको निर्वाचनमा निर्वाचित हुनुहुन्थ्यो ।