१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कोरोना संक्रमितको मृत्यु भएपछि देवचुली नगरको प्रमुख र उपप्रमुख कार्यकक्षमा तालाबन्दी


0
Shares

नवलपुर । कोरोना संक्रमितलाई समयमा एम्बुलेन्स व्यवस्था गर्न नसकेको भन्दै सचेत नागरिक समूहले देवचुली नगरपालिकाको नगरप्रमुख र उपप्रमुख कार्य कक्षमा तालाबन्दी गरेका छन् ।

सोमबार देवचुली–१३ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषलाई अस्पताल पुर्‍याउन एम्बुलेन्स नपाए पछि ट्रयाक्टरमा अस्पताल लैजादै गर्दा बाटैमा ज्यान गए पछि तालाबन्दी गरिएको सचेत नागरिक समूहले जानकारी दिएको छ ।

यसैबीच नगरभित्र पुग्ने गरी एम्बुलेन्सको व्यवस्था नहुँदासम्म नगरका पदाधिकारी कसैलाई पनि नगरपालिकाको गाडी चढ्न नदिने नागरिक अगुवा श्याम शर्मा भुसालले बताउनुभयो । नगरपालिकामा कोभिड–१९ सँग जुध्न आवश्यक तयारी नगरेको भन्दै उनीहरूको स्थानीय सरकारलाई दवाव दिएका हुन् ।