१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कृष्णनगर नगरपालिकाका ९ कर्मचारीमा कोरोना संक्रमण, ७८ वर्षीय वृद्ध संक्रमणमुक्त


0
Shares

कपिलवस्तु । कृष्णनगर नगरपालिका कार्यालयका ९ जना कर्मचारीमा कोरोना संक्रमण भएपछि अतिअवाश्यक सेवा बाहेका अन्य कामकाज रोकिएको छ ।

नगरका प्रशासन शाखाका ३ जना, प्रविधिकतर्फका २ जना र स्वास्थ्यकर्मी ४ जना गरेर जम्मा ९ जनामा संक्रमण देखिएको प्रशासकीय अधिकृत विजय कार्कीले जानकारी दिनुभयो । संक्रमित ९ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

कोरोनाको दोस्रो लहर तीव्र रूपमा फैलिएपछि नगरपालिका भित्रका कार्मचारीहरूको एन्टिजेन परीक्षण गरिएको थियो । जिल्लामा कोभिड–१९ का ७ सय २५ जना संक्रमित हुँदा मृतकको संख्या ५३ पुगेको छ ।

यसैबीच कपिलवस्तुमा ७८ वर्षीय वृद्धसहित ९८ जना संक्रमणमुक्त भएका छन् । कपिलवस्तुमा कोरोना निको हुनेको दर बढेको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन उमेशचन्द्र घिमिरेले जानकारी दिनुभयो ।