
कपिलवस्तु । कृष्णनगर– ११ झिंगहास्थित आर.टि.ओ. सडकमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लु १ ख ७४५० नम्बर बसले यु.पी.५५ एच. ०३७५ नम्बरको मोटरसाइकललाई ठोकिँदा कृष्णनगर–१२ नारायणपुर निवासी ३५ वर्षीय रामवरण यादव घाइते भएका थिए ।
घाइते उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक रण बहादुर विष्टले जानकारी दिनुभएको छ ।
शवलाई पोष्टमार्टमका लागि बहादुरगञ्ज अस्पतालमा पठाइएको छ । मोटरसाइकल र बस प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्