१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भैरहवाको भीम अस्पताललाई अक्सिजन सिलिन्डर र फ्लोमिटर सहयोग


0
Shares

रुपन्देही । भैरहवाका दुई व्यापाaरिक संस्था र तीनवटा सहकारी संस्थाले भैरहवाको भीम अस्पताललाई अक्सिजन सिलिन्डर र फ्लोमिटर सहयोग गरेका छन् ।

सिद्धार्थ उद्योग वाणिज्य सघं, उद्योग व्यापार संगठन, जनउत्थान बचत तथा ऋण सहकारी संस्था, दर्शन सहकारी र किसान सहकारीले भीम अस्पताललाई ५० थान अक्सिजन सिलिण्डर र ५० थान फ्लोमिटर सहयोग गरेका हुन् ।

कोरोना संक्रमण दर बढेसँगै अस्पतालमा अक्सिजन सिलिन्डर अभाव भएपछि विभिन्न संघसंस्थाले सहयोग गरेका हुन् ।

अस्पतालमा कोरोना संक्रमित विरामीको उपचारको लागि थप ५० बेड सञ्चालन गर्न सहज होस भन्ने उद्देश्यले सहयोग गरिएको उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताउनुभयो ।