
धनकुटा । पाख्रिबास नगरपालिक–७ राम्चेस्थित जंगलमा मंगलबार एक जोडी मृत अवस्थामा फेला परेका छन् ।
मृत्यु हुनेमा पाख्रीबास–६ तिल्केका करिब २२ वर्षीय सुनिल थापा र उनकी श्रीमती २० वर्षीया सिर्जना गुरागाईं रहेको प्रहरीले जनाएको छ ।
युवक झुन्डिएको र युवती भुइँमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका धनकुटाका प्रहरी नायव उपरीक्षक सन्तुलाल जैशवालले जानकारी दिनुभयो ।
प्रारम्भिक अनुसन्धानका आधारमा श्रीमानले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्