
काठमाडौं । गायिका एलिना चौहानको ‘हावामा फैलियो मधुरो गीत’ बोलको गीत सार्वजनिक भएको छ ।
प्रगति देवकोटाको शब्द तथा सञ्जीव सिंहको संगीत रहेको गीतमा मानसिक तनाव, एक्लोपन र त्यसले निम्त्याउने डरको विषय समेटिएको छ ।
कवि सुवेदी र पूजन सापकोटाको संयुक्त निर्देशनमा बनेको भिडियोमा गीतकार देवकोटाको अभिनय छ ।
प्रतिक्रिया दिनुहोस्