१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


यसअघि जारी भएका सम्पूर्ण पास खारेज गर्ने प्रशासनको निर्णय, झन् कडा पारियो निषेधाज्ञा (आदेशसहित)


0
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले यसअघि जारी भएका सम्पूर्ण पासहरू खारेज गर्ने निर्णय गरेको छ । मंगलबार प्रमुख जिल्ला अधिकारीले एक आदेश जारी गर्दै निषेधाज्ञालाई लम्बाइएको र यसअघि जारी भएका सम्पूर्ण पासहरू खारेज गर्ने निर्णय गरेको हो ।

आदेशमा अब अत्यावश्यक खाद्य सामग्रीका पसल बिहान ९ बजेसम्म मात्र खोल्न पाइने भएको छ । सञ्चारकर्मीहरूले सूचना विभागको पास देखाएर मात्र आवतजावत गर्न पाउनेछन् । सूचना विभागको परिचयपत्र नभएकाहरूको हकमा प्रशासन कार्यालयको अनुमति लिनुपर्ने आदेशमा उल्लेख गरिएको छ । हेरौं पूरा आदेश-