
काठमाडौं । अघिल्लो दिन ओरालो लागेको शेयर बजार मंगलबार सम्हालियो । आइतबार उछाल आएको नेप्सेमा सोमबार सामान्य अंकको गिरावट आएको थियो भने मंगलबार पुनः नगन्य अंकले हरियो रहेको हो ।
यस दिन उतार चढावबीच नेप्से करिब २ अंक जसोले हरियो रहेर २६ सय ५४ कायम भयो । यस दिन आधा जसो समूह हरियो रहे भने आधा जसो रातो । लघुवित्त, व्यापार, जलविद्युत, उत्पादनमूलक, सामुहिक लगानी कोष र लगानी समूह हरियो रहँदा अरु रातो रहेका हुन् ।
लघुवित्त समूहमा समूहमा सबैभन्दा उच्च १ सय ३७ अंकको वृद्धि आयो । व्यापार समूह पनि ९२ अंकले उकालो लाग्यो । अरु सामान्य अंकले हरियो रहेका हुन् । बीमा, होटल तथा पर्यटन, अन्य र विकास बैंक समूह दोहोरो अंकले ओरालो लाग्दा अरु सामान्य अंकले रातो रहेका हुन् ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय १३ कम्पनीको १ करोड ३० लाख कित्ता शेयर ६ अर्ब ५ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्