
काठमाडौं । अहिले देशको धेरै शहरहरूमा निषेधाज्ञा छ । शहरहरुमा भएका उद्योग कलकारखाना उद्योग परिसर भित्र राखेर चलाउन सकिने गरि विकल्प दिएको छ । तर, निषेधाज्ञा र बन्दाबन्दीको समय लम्बिए चलिरहेका उद्योग बन्द हुन्छन् ।
देशभरी रहेका औद्योगिक क्षेत्रको व्यवस्थापन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड गर्दै आएको छ । औद्योगिक क्षेत्र भित्र सरकारको प्रतिनिधिको काम यसैले गर्ने गरेको छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले अत्यावश्यक सेवा र वस्तुको उत्पादन गर्ने उद्योगलाई प्राथमिकतामा राखेर काम भइरहेको बताउनु भएको छ ।
औद्योगिक करिडोरमा पनि सिमित उद्योगहरु मात्र चलेका छन् । अहिले मुलुकलाई अप्ठ्यारो परेको बेला औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरुलाई कसरी सञ्चालन गर्ने र यसका लागि कसरी सहजीकरण गर्न सकिन्छ भनेर आफुहरु लागि परेको उहाँले बताउनुभएको छ ।
अहिले औद्योगिक क्षेत्रभित्र अति आवश्यक प्रोडक्टहरु उत्पादन भैरहेको र तिनीहरुलाई कसरी सञ्चालन गर्ने ? एवं डे टु डे कसरी मार्केटलाई सर्कुलेशनमा लैजाने भन्नेमा आफुहरु क्रियाशील रहेको बस्नेतले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्