१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अक्सिजन सहितको आइसोलेसन निर्माण


0
Shares

कपिलवस्तु । कोरोना संक्रमितहरूको उपचारका लागि कपिलबस्तुको शिवराज नगरपालिकाले अक्सिजन सहितको आइसोलेसन निर्माण गरेको छ ।

शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको आधारभुत स्वास्थ्य सेवा अस्पतालमा आइसोलेशन तयार गरिएको हो । कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्न थालेपछि जोखिम बढ्न सक्ने भन्दै नगरपालिकाले अक्सिजन सहितको आइसोलेसन निमार्ण गरेको हो ।

निर्माण गरिएको आइसोलेसनमा मेडिकल अधिकृत सहितले टोलीले स्वास्थ्य सेवा दिने शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालले जानकारी गराउनुभयो । अहिले तत्काल १५ बेडको निर्माण गरिए पनि बिरामीहरूको चाप अनुसार बढाउँदै लैजाने योजना रहेको उहाँको भनाइ छ ।