
एजेन्सी । नाइजेरियाको कादुना राज्यस्थित एक कलेजबाट २ महिना अघि अपहरणमा परेका २९ जना विद्यार्थी रिहा भएका छन् ।
गत मार्च ११ मा बोको हरामको अपहरणमा परेका ३९ जना विद्यार्थीमध्ये ३ जनाको हत्या गरिएको थियो भने बाँकी रहेका २९ जनालाई २ महिनापछि रिहा गरिएको हो ।
यसअघि ७ जनालाई गत महिना अपहरणमुक्त गरिएको थियो । अपहरणमुक्त भएका विद्यार्थीहरु नाइजेरियाको कदुना प्रहरी मुख्यालयमा पुगेका थिए ।
उनीहरुमध्ये अधिकांश बिरामी रहेकाले अस्पताल भर्ना गरिएको छ । नाइजेरियामा गत डिसेम्बरदेखि ७ सय भन्दा बढी विद्यार्थी अपहरणमा परिसकेका छन् ।
कदुना राज्यका गभर्नर नासिर एल रुफाइले बिद्यार्थीहरुको रिहाइका लागि विद्रोही समुह बोको हरामलाई माग बमोजिमको फिरौती रकम तिरेको जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्