१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न ओलीले डाके स्थायी कमिटी बैठक


0
Shares

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेसँगै उत्पन्न राजनीतिक अवस्थाका बारेमा छलफल हुने बताइएको छ ।

त्यसैगरी आसन्न राष्ट्रियसभा निर्वाचनको तयारीका बारेमा पनि छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री ओलीले हिजो कांग्रेस सभापति शेरबहादुर देउवासँग सरकारको समर्थन र राष्ट्रियसभामा आफ्ना उम्मेद्वारलाई सहयोग गर्न आग्रह गनुभएको थियो ।

तर कांग्रेसले सकारात्मक जवाफ नदिएपछि प्रधानमन्त्री ओलीले पार्टीमा थप छलफल गर्न लाग्नुभएको हो ।

यस्तै लामो समयदेखि असन्तुष्ट रहेको वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आफूलाई विश्वासको मत दिनअघि नै सांसद पदबाट सामुहिक राजीनामा दिने समाचार बाहिरीसँगै प्रधानमन्त्री ओलीले सो विषयमा पनि छलफल गर्ने बताइएको छ ।