
फाइल तस्विर
चितवन । जिल्लामा आज मात्रै पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
होम आइसोलेसनका सहित पाँच जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनकी सूचना अधिकारी गिजाञ्जली ढकालले जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिका–१८ का ७१ वर्षीय पुरुषको बिहान होम आइसोलेसनमा मृत्यु भएको छ भने माडी नगरपालिकाका ३५ वर्षीय पुरुष झुण्डिएर देह त्याग गरेका थिए ।
त्यस्तै चितवन मेडिकल कलेजमा उपचार गराइरहेका मध्ये कपिलवस्तुका ६७ वर्षीया महिला, नवलपुर गैँडाकोट २ का ७३ वर्षीय पुरुष र तनहुँ जिल्ला भानु नगरपालिकाका ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्