
काठमाडौं । नेकपा एमाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विशेष अधिवेशनमा विश्वासको मत प्राप्त गर्नका लागि सबै दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको एमाले नेता प्रदीप कुमार ज्ञवालीले जानकारी दिनुभएको हो । प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते संसदको विशेष अधिवेशनमा विश्वासको मत लिँदै हुनुहुन्छ ।
माओवादी केन्द्रले बुधबार सरकारको समर्थन फिर्ता लिएपछि ओली अल्पमतमा पर्नुभएको छ । स्थायी कमिटी बैठकले बागमती प्रदेशमा हुन गइरहेको राष्ट्रियसभा निर्वाचनमा एमाले उम्मेदवारलाई जिताउने निर्णय पनि गरेको छ ।
बैठक लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीसंग छलफलका लागि राष्ट्रपति निवास शितलनिवास पुग्नुभएको छ । प्रधानमन्त्री ओलीले आजै साँझ ५ बजे मन्त्रिपरिषद् बैठक डाक्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्