७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


आईपीएलका कारण भारतमा फसेका अस्ट्रेलियन क्रिकेटरलाई माल्दिभ्स पठाइयो


0
Shares

एजेन्सी । आईपीएलमा सहभागी हुन भारत पुगेका अस्ट्रेलियन क्रिकेटरहरूलाई माल्दिभ्स पठाइएको छ ।

क्रिकेट अस्टेलिया र अस्ट्रेलियन क्रिकेटर्स एशोसियसनले एक विज्ञप्ति जारी गर्दै भारतमा रहेका खेलाडी, कोच, म्याच अधिकारी, कमेन्टेटर्सलाई माल्दिभ्स पठाइएको जानकारी दिएको हो । उनीहरू अस्ट्रेलिया सरकारले भारतबाट उडान अनुमति नदिउन्जेल माल्दिभ्समा रहने विज्ञप्तिमा उल्लेख छ ।

भारतमा कोरोना भाइरसको तीव्र रूपमा फैलिएपछि अस्ट्रेलियाले १५ मे सम्म भारत आवतजावत गर्ने सम्पूर्ण उडानमाथि प्रतिबन्ध लगाएको थियो । जारी विज्ञप्तिमा आफूहरूले अस्टेलियन सरकारसँग कुनै पनि छुटको माग नगरेको जनाएका छन् ।

खेलाडी र म्याच अधिकारीलाई संक्रमण पुष्टि भएपछि आईपीएलको चालु संस्करण रोकिएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि चेन्नई सुपर किङ्ग्सका प्रशिक्षक माइकल हसी भने भारतमै छन् । क्रिकेट अस्टेलियाले उनलाई ठिक हुनेबित्तिकै स्वदेश ल्याउन सरकारसँग माग गरेको छ ।