१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बराहक्षेत्रमा ५० शय्याको आइसोलेसन, नगरपालिकाको गाडीलाई एम्बुलेन्सकाे रूपमा प्रयाेग गरिने


0
Shares

सुनसरी । कोभिड–१९ संक्रमितको संख्यामा वृद्धि भएपछि बराहक्षेत्र नगरपालिकामा ५० शय्याको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको छ ।

बराहक्षेत्र नगरपालिकाले कोभिड–१९ नियन्त्रण गर्ने उद्देश्यले स्थानीय सप्तकोशी बहुमुखी क्याम्पसको भवनमा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको मेयर निलम खनालले जानकारी दिनुभयो । आइसोलेसन सेन्टरमा नगरपालिकाले संक्रमित बिरामीहरूलाई निःशुल्क खानाको व्यवस्था गरेको छ।

आइसोलेसनमा नगरवासीलाई मात्र सेवा प्रदान गर्ने र कोरोना संक्रमितको उपचारका लागि प्रयोग गर्दै आएको नगरपालिकाको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने पनि खनालले बताउनुभयो ।

इटहरी नगरपालिकाले पनि इटहरी रंगाशालामा ५० शय्याको आइसोलेसन वार्ड सञ्चालनको तयारी गरिरहेको छ ।