
एजेन्सी । इंग्लीश फुटबल क्लब म्यान्चेस्टर युनाईटेड र स्पेनको भियारियाल युरोपा लिग फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेका छन् ।
गएराति भएको सेमिफाईनल दोस्रो लेगको खेलमा इटालीको ए.एस. रोमासँग ३–२ ले हारेपनि पहिलो लेगमा हात पारेको ६–२ को जितको मद्दतले म्यान्चेस्टर युनाईटेड फाईनलमा पुगेको हो ।
इटालीमा भएको पहिलो लेगको खेलमा म्यानयू ६–२ ले विजयी भएको थियो । गएरातिको खेलसँगै रोमामाथि समग्रमा ८–५ को जित निकाल्दै म्यानयुले स्पेनिस क्लब भियारियाल विरुद्धको फाईनल भिडन्त तय ग¥यो ।
प्रतियोगिताको अर्को सेमिफाईनल खेलमा इंग्ल्याण्डकै आर्सनललाई स्तब्ध बनाउँदै भियारियाल फाईनलमा पुगेको हो ।
पहिलो लेगको खेलमा २–१ ले पराजित भएको आर्सनल गएराति भएको दोस्रो लेगमा गोलरहित बराबरीमा रोकिएपछि भियारियाल फाईनलमा पुगेको हो । म्यान्चेस्टर युनाईटेड र भियारियालबिचको फाईनल खेल यही मे २६ तारिखको दिन पोल्याण्डमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्