
काठमाडौं । सर्वोच्च अदालतले दीप बस्न्यातविरुद्ध विशेष अदालतमा दायर भएको मुद्दाको सक्कल फाइल झिकाउन आदेश दिएको छ ।
बालुवाटारको ललिता निवास जग्गा व्यक्तिको नाममा पु¥याउन तत्कालीन भौतिक मन्त्रालयको सचिवको हैसियतले भूमिका खेलेको अभियोगमा अख्यिार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उनीविरुद्ध मुद्दा दायर गरेको छ ।
उक्त मुद्दाको सुनुवाई गर्दै विशेषले पुर्पक्ष थुनामा रहेका बस्न्यातले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा दोस्रोपटक सुनुवाइ गर्दै सर्वोच्चले सक्कल फाइल ल्याउन भनेको हो ।
न्यायाधीश दीपककुमार कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले आज बिहान साढे १० बजेभित्र विशेष अदालतबाट मुद्दाको सक्कल फाइल ल्याउन आदेश दिएको हो ।
डिल्ली बजार कारगारमा रहेका बस्न्यातले यही वैशाख १७ गते सर्वोच्चमा बन्दीको निवेदन दिएका थिए । उक्त निवेदनमाथि सुनुवाइ गर्दै १९ गते सर्वोच्चले विपक्षीलाई थुनामा राख्नुको र छाड्नु नपर्ने कुनै आधार र कारण भएका तीन दिनभित्र पेश गर्न भनेको थियो । लिखित जवाफ परेपछि हिजो तोकिएको पेशीमा संयुक्त इजलासले विशेषमा पेश भएको सक्कल फाइल ल्याउन भनेको हो ।
प्रतिक्रिया दिनुहोस्