१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


उपनिर्वाचनका लागि उम्मेदवार तय गर्न एमाले शीर्ष नेताको बैठक बस्दै


0
Shares

काठमाडौं । नेकपा एमाले शीर्ष नेताहरुको बैठक आज बालुवाटारमा बस्ने भएको छ । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि पार्टीबाट उम्मेदवार तय गर्न बैठक बस्न लागेको हो ।

बैठकमा वैशाख २७ मा प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिनेबारे पनि शीर्ष नेताबीच छलफल हुने बताइएको छ । उपनिर्वाचनका लागि आज १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारको मनोनयन गर्नुपर्नेछ ।

एमालेले गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने भने पनि निर्णय गरिसकेको छैन । यसैबीच पार्टीभित्र देखिएका विवाद हल गर्नेबारे पनि एमालेमा पछिल्लोपटक नेताहरूले संवाद थालेका छन् । एमालेको माधव नेपाल पक्ष र प्रधानमन्त्री ओली पक्षको दोस्रो तहका नेताहरु विवाद मिलाउन सक्रिय देखिएका छन् ।