२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गण्डकी प्रदेशमा थप ४ जना काेराेना संक्रमितको मृत्यु


0
Shares

डम्मर बुढा मगर

बागलुङ । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ४ जनाको मृत्यु भएको छ । पर्वतको जलजला गाउँपालिका ३ वडा का ६३ वर्षीय पुरुष, पर्वतकै कुश्मा नगरपालिका ९ वडा का ५३ वर्षीय पुरुष रहेका छन् ।

त्यसैगरि तनहुँको व्यास नगरपालिका वडा नम्बर १ का ६० वर्षीया महिला र कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २५ का ६८ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य निदेर्शनालय गण्डकी प्रदेशले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४५ पुगेको छ । हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २० हजार ८६० पुगेको छ । जस मध्ये १७ हजार ३०२ निको भएका छन् भने ती हजार ३१७ जना संक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ४३३ संक्रमित थपिएका छन् भने १४३ जना निको भएका छन् भने ४ जनाले ज्यान गुमाएका छन् ।